Tune to BFM 91.2|Biratnagar

प्रदेश १ का पहाडी अस्पतालमा ट्रकबाट स्वास्थ्य सामग्री पठाइँदै

विराटनगर १८ चैत । चीनबाट खरिद गरेर ल्याइएका स्वास्थ्य सामग्री प्रदेश १ सरकारले अस्पतालहरुलाई उपलब्ध गराउन शुरु गरेको छ । संघीय सरकारले प्रदेश १ लाई स्वास्थ्यसँग सम्बन्धित केही सामग्री उपलब्ध गराएको छ ।

नेपाल सरकारले प्रदेश नं. १ लाई स्काई ट्रकमार्फत ढुवानी गरी ती सामग्री हिजो हस्तान्तरण गरेको हो । आजपनि मालवाहक सवारीमार्फत संघीय सरकारले पठाएका सामग्री विराटनगर ल्याइँदै गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनु भएको छ ।

उहाले भन्नुभयो ,‘‘हामीले साविकका मेची, कोशी र सगरमाथाका पहाडी जिल्लामा अवस्थित अस्पतालाई उपलब्ध गराउन ट्रकबाट पठाउँदै छौं ।’’ स्वास्थ्य सामग्री पठाउन तीनवटा ट्रकको व्यवस्थापन गरिएको घिमिरेले बताउनुभयो ।नेपाली सेनाको स्काई ट्रक मार्फत व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नेपाल सरकारले हिजो पठाएको हो ।

व्यक्तिगत सुरक्षा उपकरण हवाई जहासमार्फत आएपनि अब केही सेनिटाईजर लगायत सामग्री काठमाडौबाट ट्रकमा आउँदै गरेको जानकारी घिमिरेले दिनुभयो ।सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश सरकारले एक सय ३७ वटै स्थानीय तहमा पीपीई पठाउने प्रबन्ध गरेको हो । स्वास्थ्य मन्त्रालयले सेनिटाइजर, मास्कलगायतका सामग्री गाडी मार्फत पठाएको घिमिरेले बताउनुभयो ।

प्राप्त भएको पीपीई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगाएत सबै जिल्लाका स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ । घिमिरेले स्वास्थ्यकर्मीहरुको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

हामी स्वास्थ्य सुरक्षाका सबै उपकरणहरुको प्रबन्ध गर्नेमा लागेका छौं ।’’ स्वास्थ्य उपकरण आइतबार चीनको गोञ्जाओबाट नेपाल ल्याइएको हो । प्रदेशका पहाडी जिल्लामा आज साँझसम्म नै स्वास्थ्य सामग्री पुगिसक्ने विश्वास गरिएको मन्त्री घिमिरेले बताउनुभयो ।

यसैबीच धरानमा संचालनमा आएको ल्याबमा हिजो १९ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button