पहिरोको कारण संखुवासभाको सिलिचुङका ३५ घर जोखिममा

0
79

भदौ,२८ संखुवासभा । संखुवासभाको सिलिचुङ गाउँपालिका–३ याचम्खा जन्तरे टोलमा पहिरो खस्दा ३५ घर जोखिममा परेका छन । लगातार ३ दिन देखी परेको अविरल वर्षाको कारण गए राती देखीने पहिरो खसेर ६ घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी ताम्कुबाट गएको प्रहरीको टोलीले बिस्थापित घर परिवारलाई सुरक्षित स्थान तथा आफन्तको घरमा सारेको छ । पहिरोबाट विस्थापित परिवारलाई उद्धार तथा राहत वितरणको लागि स्थानीय जन प्रतिनिधी र सम्बन्धित कार्यालयमा समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here