Tune to BFM 91.2|Biratnagar

पहिरो र डुवानका कारण संखुवासभामा ७ घरमा क्षति

विराटनगर, १३ साउन । पहिरो र डुवानका कारण संखुवासभामा ७ घरमा क्षति पुर्याएको छ भने पहिरोमा परि १ जना घाईते भएका छन ।

पहिरो र बाढीले लाखौ रोपनीमा लगाएको धानबाली समेत बगाएको छ ।राती देखि परेको अविरल वर्षाको कारण घर र अन्नबालीमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । अविरल वर्षाको कारण गएको पहिरोले खाँदवारी ६ का शान्तिकुमार खत्रीको घर पुरेको छ ।

घर संगै पहिरोले पुरिएका खत्रीलाई सेना र प्रहरीले उद्धार गरेका थिए । टाउको, खुटा र हातमा चोट लागी गंम्भिर घाईते खत्रीको खाँदवारी अस्पतालमा उपचार भई रहेको छ । त्यस्तै पहिरोले खाँदवारी ३ का गिता दर्जि, नारायण बुढाथोकी र खाँदवारी ९ का बीरसुन्दर श्रेष्ठको घर पुरेको छ ।

डुवानले तुम्लिङटारमा रहेका दर्जनौ पसल र ढुङा र स्थानिय ईटाबाट बनेका करिव १ सय भन्दा बढि घरमा पानी पसेपछि क्षति पुगेको स्थानीय रविन गौतमले बताउनु भयो ।

अविरल वर्षाको कारण संखुवासभाको सिलिचोङ गाउपालिकाको बेसिन्दा गाउमा १५ दिन अगाडी गएको पहिरोले ९ घर बगाएको थियो भने ११ जना पहिरोमा परि अझै बेपत्ता छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button