पहिलो एजेण्डा निजी विद्यालयमैत्री शिक्षा निती : टीकाराम पुरी

0
106

विराटनगर, २ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले आफ्नो पहिलो प्राथमिकता निजी विद्यालयमैत्री शिक्षा निती निर्माण गर्नु रहेको बताएका छन् । फागुन २८ र २९ गते काठमाडौंमा सम्पन्न १४ औं महाधिवेशनबाट निर्वाचित भएपछि पहिलो पटक गृहनगर आएका अध्यक्ष पुरीले यसका लागि सरकारसँग समन्वय गर्ने बताउनुभयो । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले निजी विद्यालयलाई नियन्त्रण गर्न खोजिएको भन्दै अध्यक्ष पुरीले संघिय शिक्षा ऐन बन्दै गरेको अवस्थामा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । यतिबेला सवै प्याब्सनिष्टहरुको एउटै एजेन्डा भएकै कारण १४ औं महाधिवेशनबाट एकताको सन्देश दिन सर्वसहमतिमा नेतृत्वचयन गरिएको उहाँले बताउनुभयो । उहाँले निजी विद्यालयका समस्याका बारेमा प्रधानमन्त्री र शिक्षामन्त्रीलाई पनि जानकारी गराइसकेको बताउनुभयो । अध्यक्ष पुरीले दुई वर्षे कार्यकालभित्र प्याब्सनको केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने र प्याब्सनलाई भरपर्दो, रहरलाग्दो संगठनको रुपमा विकास गर्ने बताउनुभयो । उपत्यका बाहिरको विद्यालयबाट पहिलोपटक अध्यक्ष बनेका पुरीलाई शनिवार विराटनगरमा भव्य स्वागत गरिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here