Tune to BFM 91.2|Biratnagar

पाँचथरका शेर्पालाई वाइवाइ जीङ चाउचाउमा स्कुटर उपहार

विराटनगर, ५ कात्तिक । पाँचथरको फिदिम नगरपालिका–४ का रोहन शेर्पाले वाइवाइ जीङ चाउचाउमा स्कुटर उपहार जितेका छन ।

जीङ चाउचाउको जित उपभोक्ता उपहार योजनाअन्तर्गत शेर्पाले लकडाउन सुरु हुनपूर्व चाउचाउमा स्कुटर उपहार पाएका थिए ।

शेर्पाले जितेको स्कुटरको चाबी सिजी फुड्स कम्पनीले मंगलबार शेर्पालाई हस्तान्तरण गरेको छ । मंगलबार फिदिममा कार्यक्रमको आयोजना गरी सिजी फुड्स नुडल्स डिभिजनका प्रदेश नं.१ प्रमुख पुण्यप्रसाद लुइटेल, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल लगायत कम्पनीका प्रतिनिधिहरुले शेर्पा बावुछोरालाई चाबी हस्तान्तरण गर्नुभयो । शेर्पाले यमाहा कम्पनीको करीब दुई लाख रुपैयाँ मूल्यको स्कुटर प्राप्त गरेका हुन ।

सिजी फुड्स नुडल्स डिभिजनका प्रदेश नं. १ प्रमुख पुण्यप्रसाद लुइटेलका अनुसार शेर्पा सातौँ स्कुटर विजेता हुन । उहाँले हालसम्म १५ जनाले चाउचाउबाट विभिन्न उपहार प्राप्त गरिसकेको बताउनुभयो ।

सिजी फुड्सद्वारा उत्पादित जीङ चाउचाउमा स्कुटरका अतिरिक्त ट्याब्लेट, स्मार्ट घडी, स्कटिङ साइकल लगायत उपहार समेत राखिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button