Tune to BFM 91.2|Biratnagar

पानी जमेको खाल्डोमा वृद्ध पुरुषको शव भेटियो

विराटनगर, २ भदौ । मोरङको रंगेली नगरपालिका–१ स्थित शिखर टोलमा सामान्य पानी जमेको खाल्डोमा एक जना वृद्ध पुरुषको शव भेटिएको छ । बाटो छेउमा रहेको खाल्डोको पानीमा अनुहार मात्रै डुबेको अवस्थामा रंगेली–१ का ६२ वर्षीय दीपक सुन्दासको शव हिजोसाँझ भेटिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार डुबेर मानिसको मृत्यु हुने खालको खाल्डो नभएको पाइएको छ ।

उहाँले घटनाको अनुसन्धान थालिएको बताउनु भयो । रंगेली अस्पतालमा शवको पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button