Tune to BFM 91.2|Biratnagar

पिकअपले ठक्कर दिँदा प्रहरीको मृत्यु

विराटनगर, २२ वैशाख । सुनसरीको इटहरीमा पिकअप गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना प्रहरी जवानको गय राति मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पूर्वतर्फ आउँदै गरेको को २० प ४६८३ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को १ च ७८१६ नम्बरको पिकअपले ठक्कर दिँदा प्रहरी जवान ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका–६ मा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउनसाथ राति १० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत खड्काको घर झापाको कचनकवल गाउँपालिका–६ हो । दुवै सवारी साधन र पिकअप चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–६ का ४६ वर्षीय भगतबहादुर लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जानकारी डीएसपी कार्कीले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button