पिसिआर प्रविधिबाट २ सय ८ जनाको परिक्षण
विराटनगर, ५ वैशाख । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानको कोभिड–१९ परीक्षण गर्ने माइक्रोबायोलोजी ल्याबमा आजसम्म पिसिआर प्रविधिबाट २ सय ८ जनाको परिक्षण गरिएको छ ।
परिक्षण गरिएका सबै जनाको नतिजा नेगेटिभ आएको छ अर्थात् कसैलाई पनि कोरोनाको संक्रमण देखिएको छैन । गत चैत १९ गतेदेखि पहिलो पटक काठमाडौ बाहिर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको परिक्षण सुरु भएको थियो ।
कोरोनाको परिक्षण सुरु भएदेखि अहिलेसम्म प्रतिष्ठानमा २ सय ८ जनाको परिक्षण सम्पन्न भइसकेको प्रतिष्ठानका सहप्रवक्ता अशोक ऐरले जानकारी दिनुभएको छ ।
पछिल्लो समय सरकारले र्यापिड टेष्ट गर्न थालेपछि विपि प्रतिष्ठानमा पिसिआर टेष्टका लागि स्वाब आउने क्रम घटेको छ । प्रतिष्ठानमा १ नम्बर प्रदेशका विभिन्न अस्पतालबाट कोरोनाको परीक्षण गर्न स्वाब आउने गर्दछ ।