Tune to BFM 91.2|Biratnagar

पीसीआर परीक्षणका लागि विरामी रेफर गर्न बाध्य

बिराटनगर २० वैशाख । कोशी चिकित्सक संघले पिसीआर परीक्षणको व्यावस्था नहुँदा संक्रमित क्षेत्रका विरामीहरुलाई निजी अस्पतालहरुले उपचारकालागि अन्यत्रै रेफर गर्नुपर्ने बाध्यता भएको बताएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै संघले सो कुरा जानकारी गराएको छ ।विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोभिड १९ को संक्रमण मुलुकमा फैलिन नदिनका लागि पहिले पिसीआर परीक्षण गरेर मात्र संक्रमित क्षेत्रका विरामीहरु उपचार गर्नुपर्छ विज्ञप्तीमा भनिएको छ ।

पिसिआर परिक्षणको व्यवस्था नहुँदा सम्बन्धित अस्पतालहरुमा रेफर गर्नुपर्ने निजी अस्पताको बाध्यता भएको संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।कोशी चिकित्सक संघका अध्यक्ष डा फरवार्ड सिलवालले हाल प्रदेश १ मा विराटनगरको कोशी र सुनसरी धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र पिसीआर परिक्षणको व्यवस्था भएकोले शंकास्पद विरामीहरुलाई निजी अस्पतालहरुले त्यहाँ रेफर गर्नु गलत नभएको बताईएको छ ।

उहाले निजी अस्पतालहरुलाई पनि पिसिआर परीक्षण गर्ने ब्यावस्था उपलव्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।अध्यक्ष सिलवालले अस्पतालबाट विरामी रेफर गर्ने प्रकृया नियमित भएपनि सँञ्चारमाध्यमहरु मार्फत गलत समाचार प्रचारप्रसार हुँदा ज्यानको बाजी लगाएर उपचारमा खटिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल गिरेको बताउनुभएको छ ।

विज्ञप्तीमा भनिएको छ महामारीमा पहिलो घेरामा रहेर विरामीको उपचारमा अहोरात्र खटिने चिकित्सकको मनोबल गिराउने गतिविधि हुन नदिन नेपाल सरकारको ध्यान जानुपर्छ ।’,विराटनगरका ठूला निजी अस्पतालहरुले ज्वरो , रुँघाखोकी रोग लागेको विरामीहरुलाई मात्र नभएर संक्रमित क्षेत्र र अन्य बिभिन्न जिल्लाका सिकिस्त विरामीहरुलाई पनि उपचारकालागि भर्ना लिने गरेका छैनन ।

भर्ना गरेपनि उनीहरुले शंकास्पद भन्दै अस्पतालबाट डिस्चार्ज गरिदिने गरेका छन । जसले गर्दा उपचारबाट बंचित भएर केही बिरामीको मृत्यु भैसकेको छ भने धेरैले उपचारमा सास्ती पाइरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button