Tune to BFM 91.2|Biratnagar

पुर्व राजा ज्ञानेन्द्र शाह भाटभटेनीमा

विराटनगर, २१ माघ । पुर्वराजा ज्ञानेन्द्र शाहले बुधबार साँझ विराटनगरको भाटभटिनी सुपरमार्केटको अवलोकन गरेका छन् । पुर्वबाट साँझ विराटनगर आएका उनले केहीवेर भाटभटेनीका कर्मचारीसँग भलाकुसारी गरेका थिए ।
पुर्वराजा आउने थाहा पाएपछि भाटभटेनीका कर्मचारी स्वागतका लागि माला लिएर बसेका थिए । भाटभटेनीका एक कर्मचारीले भने,‘ राजपरिवारको कोही आउने जानकारी थियो, को भन्ने थाहा थिएन ।’
काठमाण्डौं फर्कनुअघि रत्ना होटलमा खाना खानका लागि पुर्व राजा शाह विराटनगर आएको जानकारी आफुले पाएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
पुर्वराजाको विराटनगरमा कुनैपनि कार्यक्रम नरहेको राप्रपाका नेता दिनेश शाहले बताए । शाहले भने,‘ उहाँ नितान्त व्यक्तिगत भ्रमणमा आउनु भएको हो ।’ पुर्व राजा विराटनगर आउनेबारे राजावादीहरुलाई पनि जानकारी थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button