पुलिसलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

0
139

विराटनगर, २५ जेठ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले पहिलो पटक एकल रुपमा प्रतियोगिताको उपाधि उचालेको हो ।१ सय २६ रनको लक्ष्य पुलिसले ४० दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । ओपनर सुनिल धमलाले ४२ रनको ईनिङ्स खेल्दै टोलीको उपाधि यात्रा तय गरे । अमित श्रेष्ठले ४४ रन बनाउँदै पुलिसको जितको आधार तयार गरेका थिए । कप्तान मञ्जित श्रेष्ठ ११ रनमा नटआउट रहे । आर्मीका करन केसीले ३, साहाब आलमले २ तथा सुसन भारीले एक विकेट लिए । यसअघि, पहिले ब्याटिङ्ग गरेको आर्मीले ३३ दशमलव ३ ओभरमा अलआउट हुदै १ सय २५ रन मात्र बनाउन सक्यो । प्रतियोगिताको तीनै संस्करणको फाईनल खेलेको आर्मीले उपाधि जित्न भने सकेन । अघिल्लो सिजन आर्मीलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको थियो ।पहिलो संस्करणको उपाधि पुलिस र आर्मीले संयुक्त रुपमा बाँडेका थिए ।उपाधिसंगै पुलिसले २० लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता आर्मीले १० लाख रुपैयाँमा चित्त बुझायो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here