Tune to BFM 91.2|Biratnagar

पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल हुने ३० जना विद्यार्थीलाई सम्मान

विराटनगर २७ साउन । विराटनगर १० तीनटोलियास्थित अरनिको कलेजलले पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल हुने ३० जना विद्यार्थीलाई सम्मान गरेको छ ।कलेज परिसरमा आज एक कार्यक्रम आयोजना गरि एमबिबिएस, बीएसी नर्सिङ, इन्जिनियरिङ, कृषि तथा वनविज्ञान संकायमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने ३० जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।

कलेजले एमबिबिएस र बिडिएसतर्फमा १९ जना, इन्जिनियरिङतर्फ ५ जना, कृषि तथा वनविज्ञान संकाय तर्फ ४ जना र नेथम तर्फ २ जना गरि जम्मा ३० जना विद्यार्थीले पूर्ण रूपमा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई नगद ५ हजार रुपैयाँको साथै कदरपत्रले सम्मान गरेको छ । यसरी एमबिबिएस तथा बिडिएसतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरूमा सागर मण्डल, उत्सा मुल्मी, रुपेश चौरसिया, आदित्य रिमाल, आरिफ खान र आस्मा शर्मा, लगायत छन । यस्तै इन्जिनियरिङतर्फ हेमन्त पञ्चारिया, सन्तोष कुमार साह, एलिना पराजुली, महमद अनवर मन्सुरी र अतुल कर्ण रहेका छन् ।

यस्तै कृषि तथा वन विज्ञान संकायतर्फ गौरी शंकर गुप्ता, प्रार्थना सिलवाल र निरज मण्डल लगायत छन । सम्मानित हुने विद्यार्थीहरूलाई कलेजका प्रिन्सिपल राजेश कार्की, अध्यक्ष लक्ष्मी अधिकारी,संस्थापक संचालकहरू विकास खनाल, निलम अधिकारी, शैलेन्द्र झा, विलास लुइटेल र डा. भवेन्द्र निरौलाले सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी सागर मण्डल, उत्सा मुल्मी र आदित्य रिमालले लगनसिल भएर अध्ययन गर्दा सफलता मिलेको बताएका थिए । कलेजका प्रिन्सिपल कार्कीले कलेजले गुणस्तरीय शिक्षादिन सधैं लागि परेको कारणले विद्यार्थीले सफलता पाएको बताउउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button