Tune to BFM 91.2|Biratnagar

पूर्वमा प्रहरीको कारवाही र अभियान

विराटनगर, ८ माघ । पूर्वमा लागुऔषध प्रयोगकर्ता र यसका कारोबारी सक्रिय रहेको देखिएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको अर्धवार्षिक अवधीको तथ्यांक अनुसार पछिल्लो समय लागुऔषधका घटनामा संलग्नतासँगै प्रयोगकर्ताहरुको संख्या निक्कै बढेको पाइएको हो ।

प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा मात्रै ११६४ ग्राम ब्राउनसुगर बरामद गरेको छ । यसैगरी ३३६.३१२ केजी गाँजा बरामद भएको छ । त्यस बाहेक बिभिन्न मनोद्धिपक क्याप्सुल २८ हजार ५५० ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ३ हजार ९५८ एम्पुल बरामद भएको छ । यसैगरी मनोद्धिपक औषधीहरु १ हजार ६२० ट्याब्लेट बरामद भएको छ ।

प्रहरीले यहिबीचमा यसैगरी २ हजार ३६२ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख २७ हजार २६६ गाँजाका बोट नष्ट गरेको तथ्यांक सार्वजानिक गरेको छ । चालु आर्थिक बर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ मुद्दा प्रदेश १ अन्तर्गतका १४ जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । यहि अवधीमा प्रहरीले १८ करोड भन्दा बढी राजश्व संकलन गरेको जानकारी दिइएको छ ।

अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन गरिएका कारण राजश्व संकलनमा उल्लेख्य सफलता हाँसिल भएको दावी प्रहरीले गरेको छ ।

आर्थिक बर्षको ६ महिनामा मात्र ३ हजार ३१४ वटा बिभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारवाही चलाइएको छ । यसैगरी फैसला कार्यान्वयनतर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ४१७ जना फरार प्रतिवादी पक्राउ गरी ५३६ बर्ष कैद भुक्तान भई , १ करोड ५२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ राजश्व संकलन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button