पूर्वसांसदहरुको चिन्ता

0
84

विराटनगर, १ चैत । मुुलुकका प्रत्येक निर्वाचन खर्चिलो बन्दै गएको प्रति पूर्वसांसदहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले निर्वाचन प्रणालीमा सुधार नगरिए राजनैतिक व्यवस्था माथि नै संकट आउने धारणा व्यक्त गरेका छन् । पूर्वसांसद मंच नेपालले आज विराटनगरमा आयोजना गरेको प्रदेश स्तरीय भेलामा सहभागिहरुले संघीय निर्वाचन मात्र होइन प्रदेश र स्थानीय तहको निर्वाचन पनि बढी खर्चिलो र भड्किलो बन्दै गएकोले सुधार गर्न आग्रह गरेका हुन् । कार्यक्रममा सहभागिहरुले संविधान कार्यान्वयनको अवस्थामा ढिलाई भईरहेको र संघ, प्रदेश तथा स्थानीय सरकार बीच समन्वय नहुँदा विकास निर्माण र समृद्धिका कार्यहरुमा बाधा पुगेको बताएका थिए । संसदको परामर्शदाता समेत रहेको पूर्वसांसद मंच नेपालले सातै प्रदेशमा छलफल कार्यक्रम आयोजना गरी प्राप्त सुझावलाई प्रतिवेदन बनाएर संसद र सरकारलाई उपलब्ध गराउने पूर्व सांसद मंचका सदस्य सुरेश कार्कीले जानकारी दिनुभयो । छलफल कार्यक्रममा एक नम्बर प्रदेशका सभामुख, उपसभामुख, पूर्व सांसदहरु, प्रदेश सांसदहरु, स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here