पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगमा लगाईएको ताला खुल्यो

0
536

विराटनगर, २३ असोज । पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोगमा दुई महिना अघि लगाईएको ताला आज खोलिएको छ । ५ विद्यार्थी संगठनले गत साउन २३ गते तालाबन्दी गरेको थियो । विद्यार्थी संगठनको माग संवोधन हुने गरि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट पत्र प्राप्त भएकाले सेवा आयोगमा लगाईएको ताला खोलिएको विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तीमा जनाईएको छ । विद्यार्थी नेताहरुले पूर्वाञ्चल विश्व विद्यालयमा लगाइएको तालाबन्दी भने यथावत नै रहेको जनाएका छन् । विश्वविद्यालयमा पनि साउन २३ गते नै तालाबन्दी गरिएको थियो । विश्वविद्यालयको शैक्षिक गुणस्तर बृद्धिको माग पुरा नभएसम्म आन्दोलन जारी रहने विद्यार्थी संगठनका नेताहरुले बताएका छन् । माग पुरा गर्ने सवालमा विश्वविद्यालयले वेवास्ता गरिएको विज्ञप्तीमा जनाइएको छ । सेवा आयोगमा लगाईको तालाबन्दी खुलाउनका लागि पटक पटक गरिएको वार्ता निश्कर्ष विहिन भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here