Tune to BFM 91.2|Biratnagar

पूर्वी तराई क्षेत्रमा लोकप्रिय जुटको खेती हराउँदै

विराटनगर, २० कात्तिक । पूर्वी तराई क्षेत्रमा लोकप्रिय जुटको खेती हराउँदै गएको छ । खेती कम हुन थालेपछि मोरङ र सुनसरीमा रहेका पाँच वटा उद्योगलाई आवश्यक पर्ने जुट भारत निर्भर हुन थालेको छ ।

उद्योगका लागि आवश्यक पर्ने वार्षिक ६० हजार टन जुटमध्ये ७० प्रतिशत भारतबाट आयात गर्नुपर्ने बाध्यात्मक अवस्था छ । भारतमा परनिर्भर बन्न थालेपछि नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले जुट खेती गर्ने योजना बनाएको बताउनुभयो । गोल्छाको अरिहन्त मल्टिफाइबर्स र विराटनगरको रघुपति जुट मिल्समा गरी ६ हजार मजदुर कार्यरत छन । उद्योगी गोल्छाले सरकारले जुट खेतीको विस्तारका लागि अनुसन्धान र किसानलाई प्रोत्साहन गर्नुपर्ने आग्रह गर्नुभयो ।

उद्योग संगठन मोरङका अनुसार मोरङ र सुनसरीमा सञ्चालित ५ वटा जुट उद्योगले आर्थिक वर्ष २०७५–०७६ मा ६ अर्ब २४ करोड १० लाख र आव २०७६–०७७ मा ५ अर्ब ६३ करोड ७३ लाख मूल्यका जुटका उत्पादन भारततर्फ निर्यात गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button