Tune to BFM 91.2|Biratnagar

पूर्वी नाका आजबाट सुचारु, ३० वटा मालवाहक गाडी नेपाल भित्रिए


विराटनगर , २७ बैशाख । विगत एकमहिना यता बन्द रहेको झापाको काँकडभिट्टा स्थित पूर्वी नाका आजबाट खुलेको छ । गत चैत २६ मा भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा बन्द गरेको नाका आजबाट सुचारु भएको हो ।

सो नाका बन्द हुँदा आयातनिर्यात ठप्प भएको थियो ।मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट आज ३० वटा मालवाहक गाडी नेपाल भित्रिएको बताउनुभयो ।सीमावर्ती पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी गराएको उहाले बताउनुभयो ।

नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले आज नेपाल प्रवेश गरेका ३० वटा गाडीमध्ये २५ वटा गाडीमा कोइला रहेको र अरु पाँच वटामा गाडीको सिल खोल्न बाँकी रहेको बताउनुभयो ।

कोभिड– १९ को सङ्क्रमण फैलिन थालेको जनाउँदै भारतको पश्चिम बङ्गाल सरकारले एकतर्फीरुपमा भन्सार बन्द गरेपछि भारतीय मार्ग हुँदै नेपाल आउने अत्यावश्यक मालसामानको आयात रोकिएको थियो ।

कोलकत्ता बन्दरगाह र सिलीगुढीमा नेपाली सामान रोकिएको थियो । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर समेत विराटनगरको सीमापारि जोगवनी नाकाबाट भित्रिएर झापा जाने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button