पूर्वी नेपालका जिल्लाहरुमा रासायनिक मलको अभाव

0
32

विराटनगर । मोरङ र सुनसरीसहितका पूर्वी जिल्लाहरुमा रासायनिक मलको अभाव देखिएको छ ।नयाँ बाली लगाउने चटारो चलिरहेका बेला पर्याप्त मल नपाउँदा किसान चिन्तित बनेका छन् । तर कृषि मन्त्रालय भने मल अभाव नभएको दाबी गर्दछ ।भर्खरै धान थन्काएर सकिसकेका किसानहरुलाई यतिबेला गहुँ छर्ने चटारो चलिरहेको छ । तर बीउ र मलको अभाव खट्किरहेको हुँदा किसानहरु चिन्तित छन् ।धान रोप्ने सिजनमा आवश्यक पर्ने युरिया अभाव झेलेका मोरङका किसानहरु यतिबेला गहुँको बिउ गहुँ छर्ने समयमा डीएपी मलको आवश्यकता पर्ने भएपनि मागअनुसार मल आपूर्ती हुन नसककेको मोरङको जहदा गाउँपालिका ३ का किसान परशुराम चौधरीको गुनासो छ ।सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङले मलको आयात र विक्री वितरण गर्दै आएको छ ।तर, मल आयात र विक्री गर्ने यी संस्थानहरुले आवश्यकताअनुसार मल आपुर्ति गर्न सकिरहेको स्थिति छैन ।दैनिक १ सयभन्दा बढी बोरा डीएपी मल विक्री हुने ठाउँमा कम्पनीले हप्तामा सय बोरामात्रै उपलब्ध गराएको मल बिक्री केन्द्र कटहरीका प्रमुख राजु राजवंशी बताउँछन् ।यता प्रदेश १ का कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोज यादव भने प्रादेशिक मल नीति बनाउने तयारी भइरहेको र पछिल्लो समय त्यति धेरै मलको अभाव नभएको दाबी गर्छन् ।एकातिर कृषिलाई व्यवसायिक, आधुनिक र निर्यातमुखी बनाउने लक्ष्य हुनु र अर्काेतिर किसानहरुलाई आधारभूत कृषि सामग्रीमै किसानहरु उदास हुनुपर्ने बाध्यता आफैंमा हास्यास्पद छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here