Tune to BFM 91.2|Biratnagar

पूर्व डिआईजी रञ्जन कोइराला रिहाइ गरेको प्रति प्रदेश–१ का सांसदहरूको बिरोध

विराटनर, ९ साउन । सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइराला रिहाइ गरेको प्रति प्रदेश–१ का सांसदहरूले बिरोध गरेका छन् ।

आजको संसद बैठकमा सांसदहरूले श्रीमती मार्नेलाई सर्वोच्च अदालतले छुटकारा दिएको भन्दै बिरोध गरेका हुन् । संसदको शून्य समयमा बोल्दै सांसद अम्बिका भण्डारीले अदालतले नै हत्यारालाई छुटकारा दिन थालेको आरोप लगाउनुभयो ।

उहाँले न्याय मरेको भन्दै अदालतले नै हत्यारालाई छुटकार दिए न्याय खोज्न कहाँ जाने भन्दै प्रश्न गर्नुभयो । सांसद कुसुम श्रेष्ठले हत्यारालाई छाड्ने अदालतको फैसलाको बिरोध गर्नुभयो । उहाँले अपराधी छाड्ने अदालतको निर्णयले न्यायमूर्तिमाथि अविश्वास बढ्ने बताउनुभयो । उहाँले फैसलाको पुनरावलोकन गर्न माग गर्नुभयो ।

यसैबीच दश वटा विधेयक पारित गर्दै प्रदेश–१ को प्रदेशसभाको छैटौं तथा बजेट अधिवेशन सकिएको छ । आजको बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउँदै बजेट अधिवेसन आज रातिदेखि समाप्त हुने प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

बैठकमा सभामुख भण्डारीले बजेट अधिवेशनमा प्रदेशसभामा दर्ता भएका सबै विधेयक पारित भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button