विराटनगरमा विरोध प्रर्दशन
विराटनगर, २९ वैशाख । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ मोरङले नेपाली भूमि भारतले अतिक्रमण गरेकोविरुद्ध विराटनगरमा विरोध प्रर्दशन गरेको छ । पूर्व नेपाल विद्यार्थी संघ मोरङले आयोजना गरेको विरोधसभामा विद्यार्थी नेताहरुले तत्काल नेपाली भूमि भारतले फिर्ता गर्नुपर्ने माग गरेका थिए ।
विरोधसभामा नेपाल विद्यार्थी संघका पूर्व सभापति विमल संग्रौलाले भारतले हाम्रो राष्ट्रमाथि प्रहार गरेको भन्दै भारतको पछिल्लोक कदम कुनैपनि हालतमा सैह्य नहुने बताउनुभयो । उहाँले सवै नेपालीहरु एक जुटभएर नेपालको भूमि माथि भएको अतिक्रमणका विरुद्ध आवाज उठाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले अतिक्रमणको विषयमा आवाज उठाउन कुनै पार्टी विशेषको मात्रै जिम्मेवारी नहरेको बताउदै यसका लागि सवै नेपाली नगरिकको दायित्व रहेको धारणा राख्नुभयो ।