Tune to BFM 91.2|Biratnagar

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

विराटनगर, ३२ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर एकएक रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय पाँच रुपैयाँ तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button