पेस्तोल देखाएर लाखौँ रकम लुटपाट

0
70

बिराटनगर २६ पुस । हतियारसहितको डाँका समूहले कल्याणपुर नगरपालिका –३ प्रसाहीमा लाखौं मूल्यको धनमाल लुटपाट गरेको छ । डाँका समूहले आज बिहान १ बजे स्थानीय रामदेव मण्डलको घरबाट एक लाख नगदसहित सुन, चाँदी लुटपाट गरेको हो ।दर्जनभन्दा बढीको समूहमा आएका लुटेराहरुले मण्डलको घरबाट एक लख नगद, १८ तोला सुन, पाँचसय ग्राम चाँदी, लेनदेनमा गरिएको कपाली तमसुक र अन्य कागजातसमेत लुटेर लगेको जनाएको छ । हल्ला गरे मारिदिने भन्दै लुटेराहरुले रामदेवको कन्चटमा पेस्तोल तेस्र्याएर लुटपाट गरेका थिए । लुटेराले रामदेवको कञ्चटमा पेस्तोल तेस्र्याएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज गरेलले जानकारी थिए । लुटेराहरु बाँसको र्भयाङ लगाई घरको छतमा चढेर घरभित्र पसि लुटपाट गरेका थिए ।घटना लगत्तै पुगेका प्रहरीले कल्याणपुर नगरपालिका १२ बेल्हाबाट लुटेरा समूहलाई लखेट्दै जाँदा उनीहरुले एक–एक राउण्ड गोली लोड गरिएको दुईथान कटुवा पेस्तोल, तन्ना, चप्पल छाडेर भागेको डीएसपी खरेलले जानकारी दिनुभयो । लुटेरा समूह कमला खोला हुँदै धनुषातिर भागेका थिए । लुटेरा समूहको खोजी कार्य भइरहेको डीएसपीले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here