Tune to BFM 91.2|Biratnagar

पोखरिया माविलाई कडा कारबाही गर्न माग

विराटनगर, १७ जेठ । सरकारी निर्देशनको अवज्ञा गर्दै लकडाउनको समयमा पनि नयाँ विद्यार्थी भर्ना लिएको भन्दै निजी शैक्षिक संस्थासँग आबद्ध विभिन्न संस्थाहरुले विराटनगरस्थित पोखरिया माविलाई कडा कारबाही गर्न माग गरेका छन् ।

प्याब्सन विराटनगरका उपाध्यक्ष मोहन बुढाथोकी, इष्टु मोरङका अध्यक्ष मनोज खनाल, एन–प्याब्सन विराटनगरका संयोजक राजनकुमार छाराहाङ र हिसान मोरङका अध्यक्ष राजेश कार्कीले संयुक्त हस्ताक्षर गरेर विज्ञप्ति जारी गर्दै सरकारी विद्यालय भएर पनि आफूलाई कानुनभन्दा माथि राखेर कोरोनाको जोखिमपूर्ण अवस्थामा समेत असंवेदनशील चरित्र प्रदर्शन गर्ने विद्यालयलाई नियम अनुसार कडा कारबाही गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button