पोखरीको डिलमा तास खेल्दै गर्दा १२ जना पक्राउ
विराटनगर, ४ कात्तिक । पोखरीको डिलमा तास खेल्दै गरेका १२ जनालाई प्रहरीले मोरङको रतुवामाई नगरपालिका–७ बाट गय राति पक्राउ गरेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले उनीहरुलाई राति ११ः५० बजेतिर नियन्त्रणमा लिइएको जानकारी दिनु भयो ।
पक्राउ पर्नेहरुमा रतुवामाई–७ का ३४ वर्षीय गोपाल कटुवाल, ४३ वर्षीय गणेश कार्की, ३६ वर्षीय दिनेश बस्नेत, ४५ वर्षीय नरेन्द्र रिजाल, २५ वर्षीय गणेश गौतम, ३९ वर्षीय नन्दराज फूयाँल रहेका छन् ।
त्यस्तै ४२ वर्षीय फणिन्द्र बुढाथोकी, ४५ वर्षीय झंकराज कोइराला, ३८ वर्षीय रामभक्त भट्टराई, ४० वर्षीय सन्तोष रिजाल, ३० वर्षीय राम कार्की र ३२ वर्षीय मनोज उप्रेती पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुको साथबाट १२ बुक तास, १४ हजार दुई सय ७० रुपैयाँ नगद, छ सय मलेसियन सिंगेट, को ३२ प ५१९२, को ३५ प ६१८६ र को २२ प ९३७९ नम्बरको मोटरसाइकल बरामद भएको एसपी खड्काले बताउनु भयो ।
उहाँका अनुसार पक्राउ परेकाहरुविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाउन अनुसन्धान थालिएको छ ।