Tune to BFM 91.2|Biratnagar

पोखरीमा डुवेर एकै घरका तीन जनाको मृत्यु

विराटनगर ५ असोज । मोरंगको ग्रामथानमा पोखरीमा डुवेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ वर्षीया छोरी पवित्रा र ९ वर्षीया छोरी कृतिकाको मृत्यु भएको हो ।छोरीहरु पोखरीमा डुबेपछि उद्धार गर्न गएकी सीताको पनि डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय वेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

हिजो साँझ पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्कीएपछि खोजी गर्दा पोखरी भित्र शव फेला परेको मोरंग प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयो ।

मृतकको शव कोशी अस्पताल विराटनगरमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाईएको छ । घटनाबारे अनुसंधान भईरहेको एसपी खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button