प्याब्सन आँगनमा सिरिष्मा र निशान प्रथम

0
170

विराटनगर, २४ साउन । ‘प्याब्सन आँगन’अन्तर्गतको गायन प्रतियोगितामा विराटनगरस्थित एभरेष्ट स्कूलकी सिरिष्मा काफ्ले र नृत्यमा सगरमाथा स्कूलका निशान राई प्रथम भएका छन् । विराटनगरमा आज सम्पन्न प्याब्सन आँगनको फाइलनमा उनीहरूले ९/९ जना प्रतियोगिहरूलाई पछि पार्दै उपाधि जितेका हुन् । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी नृत्यतर्फ उपविजेता हुने संस्कृति दाहाल, चिरान्सु शर्मा, सौमिका ढकाल, इसान श्रीपाली, मानस्वी खनाल, टीना थापा मगर, खुशी बज्राचार्य, लावन्ता सुब्बा, र इक्षा सुब्बा रहेका छन् । यस्तै गायनतर्फ प्राप्ती भट्टराई, सहिमा भुजेल, नेहारिका खनाल, प्रज्ञान तामाङ, अनुभव तिमल्सिना, अनुराग प्रधान, नविन पौडेल, चुली सिंह र सुमिका सरदार रहेका छन् । प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले भाग लिएका थिए । तीन चरणको अडिसन राउण्ड पूरा गरेपछि प्रतियोगी फाइनलमा पुगेको प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here