प्याब्सन मोरङको १५ औं वार्षिक साधरण सभा

0
88

विराटनगर, २९ पुस । प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले शिप र संस्कारसहितको शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिनु भएको छ । प्याब्सन मोरङको १५ औं वार्षिक साधरण सभाको उद्घाटन शत्रमा आज विराटनगरमा बोल्दै अध्यक्ष पुरीले यस्तो बताउनु भएको हो । उहाँले शिप र व्यवहारिक ज्ञान सहितको शिक्षा दिनुपर्ने बताउनुभयो । गुणस्तरमा सुधार गरि निजी विद्यालय सामुदायिक भन्दा अलक ढंगले अगाडी बढ्नुपर्ने उनले बताउनुभयो । उहाँले विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गरि व्यवस्थित तरिकाले संचालन गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उनले शिक्षालाई शिवसँग जोडेर लैजाने विषयमा अगाडी बढीसकेको जानकारी दिनुभयो । काठमाण्डौमा चाँडै राष्ट्रिय र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका विधुवानहरुलाई ल्याएर शिक्षालाई शिपसँग जोडेर अगाडी बढने विषयमा राष्ट्रिय स्तरको सेमिनरको तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण घिमिरे, प्याब्सन प्रदेश १ का अध्यक्ष युवराज वशिष्ठ., प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख दिर्घध्वज चापागाई, राष्ट्रिय परिक्षा बोर्ड प्रदेश १ का प्रमुख डम्बरबहादुर बतासलगायतले बोल्नुभएको थियो । सोही अवसरमा प्याब्सन मोरङको भवन निर्माणमा सहयोग पुर्याउने दुई दर्जन पब्लिकेशनहरुलाई सम्मान गरिएको छ । यस्तै विष्णु डंगोल, भवतीप्रसाद घिमिरे, गाविन्द कार्कीलाई पनि सम्मान गरिएको थियो । पत्रकार सुशिला पाठक पनि सम्मानित गरिएको छ । विराटनगर महानगरपालिका ३ स्थित प्याब्सन मोरङको आफनै भवन निर्माण भएको छ । कुल १ करोड १४ लाख ८३ हजार ५ सय ८३ रुँपैयाको लागतमा नवनिर्मित २ तले भवनको उदघाटन आज गरिएको हो । प्याब्सन मोरङको १५ औं वार्षिक साधरण सभाको अवसर पारेर भवन सो उदघाटन गरिएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here