Tune to BFM 91.2|Biratnagar

‘प्रचण्ड–नेपाल विदेशीको प्रभावमा परे’

विराटनगर, ८ पुस । नेपालको कम्युनिष्ट आन्दोलन भत्काउनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल प्रभावमा परेको ओली समूहले निश्कर्ष निकालेको छ । नेपालका कम्युनिष्ट मिलेको भारतीय र पश्चिमाहरुले नरुचाईरहेको समयमा प्रचण्ड र नेपाल प्रभावमा परेको नेताहरुले बताएका छन् ।

नेकपाको ओली समूहले आज काठमाण्डौंको गौशालामा आयोजना गरेको १ नं. प्रदेशका केन्द्रीय कमिटी सदस्यको प्रथम बैठकमा सहभागि नेताहरुले सो कुरा बताएका हुन । बैठकमा सहभागि नेकपा नेताहरु प्रदिप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ र मणि थापाले बैठकमा प्रतिनिधिसभा विघठनको अवस्था र नेकपाको एकताको प्रकृयाका बारेमा अभिमुखीकरण गरेको केन्द्रीय सदस्य युवराज बाँस्कोटाले जानकारी दिनुभयो ।

नेता ज्ञवालीले विधि र पद्धतीको कुरा गर्नेहरुले नेकपा अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको बताउनुभयो । उहाँले भन्नुभयोे,‘ हामीले सवैलाई समेटेर सम्मेलन आयोजक कमिटी गठन गर्र्यौं ।’ कम्युनिष्ट आन्दोलन निभ्न लागेको समयमा जनताको बहुदलीय जनवादको आलोकमा राष्ट्रियता, लोकतन्त्र, जनजीविकाका कारण नेपाली कम्युनिष्ट आन्दोलन टिकेको नेता ज्ञवालीले बताउनुभयो । उहाँले यसलाई निमिट्यान्न ढंगले सक्ने अभियानमा केही नेतृत्वमा रहेका हस्तीहरू देखिएको बताउनुभयो । जतिसक्दो चाँडो महाधिवेशनमा जाने पहलकदमी लिन र अग्रणी भूमिका खेल्न सकेको भए हामी सबैले महाधिवेशनको मञ्चबाट नेता नेपाललाई अध्यक्षमा चुन्ने थियौँ उहाँले भन्नुभयो ।

अभिमुखीकरणमा नेता मणि थापाले नेपाली कम्युनिष्ट आन्दोलन दुनियाँलाई नयाँ संस्करण थियो भन्नुभयोे । उहाँले भन्नुभयोे,‘ दुईवटा पार्टी मिलेपछि यो झन अध्ययन र अनुसरणका लागि आकर्षित भएको थियो ।’ यसबाट भारतीय र पश्चिमा कम्युनिष्टले सिको गर्छन् भन्ने निष्कर्ष र भयंकर ठूलो भयका साथ कम्युनिष्टविरोधी शक्तिले हाम्रो नेतृत्वलाई प्रभावमा पारेको थापाले बताउनुभयो ।

बैठकमा प्रदेश नं १ का १४ वटै जिल्लाको रिपोर्टिङ गरिएको नेता बाँसकोटाले बताउनुभयो । उहाँले भन्नुभयोे,‘समग्रमा पार्टीको स्थिति राम्रो रहेको देखियो ।’ बैठकमा सहभागिहरुलेसूर्य चिन्ह जसरी पनि लिनुपर्ने बताएका थिए । नेता सुवास नेम्वाङले जुनसुकै मूल्य र अर्थमा पनि सूर्य ओली नेतृत्वको नेकपाको हुने दावी गर्नुभयोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button