Tune to BFM 91.2|Biratnagar

प्रजातन्त्र दिवशमा सवैलाई सहभागी हुुन मुख्यमन्त्री राईको आग्रह

विराटनगर, ४ फागुन । प्रदेश न १ का मुुख्यमन्त्री शेरधन राईले ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवशमा सवैलाई सहभागी हुुन आग्रह गर्नुु भएको छ । आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले आज गरेको छलफल कार्यक्रममा उहाले फागुन–७ गते प्रजातन्त्र प्राप्तिको ऐतिहासिक दिन भएकाले यो दिनको विशेष महत्व रहेको उल्लेख गर्नुुभयो ।

उहाले नेपालमा लोकतन्त्र तथा गणतन्त्र स्थापनामा भएपनि परम्परागत रुपमा मनाउदै आएको यो दिवश यसपल्ट प्रदेश सरकारले भव्य र नया ढंगले उत्साहका साथ मनाउने वताउनुुभयो । आन्तरिक मामिला तथा कानुुनमन्त्री हिकमतकुमार कार्कीले अहिलेको अवस्थामा प्रजातन्त्र दिवसको महत्व झन वढेर गएको वताउनुुभयो ।

प्रदेश १ नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले फागुुन ७ गते नेपालमा ठुुलो परिवर्तन आएकाले यो दिवसको महत्वलाई सवैले वुुझनुुपर्नेमा जोड दिनुुभयो । प्रदेश सरकारले मुुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा प्रदेश स्तरिय मुुल समारोह समिति गठन गरेको छ ।

फागुुन–६ गते देखी तिनदिन सम्म मनाईने सो दिवसको मुुख्य दिन फागुुन ७ गते विहान सात वजे ट्राफिक चौकमा भेलाभई मुुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सम्म प्रभातफेरीको आयोजना गर्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button