Tune to BFM 91.2|Biratnagar

प्रतिपक्षी द्धारा प्रदेशसभा बैठक अबरुद्ध

विराटनगर, ८ असार । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक अबरुद्ध गरेको छ । प्रदेश सभाको बैठक सुरूभए लगत्तै प्रतिपक्ष सांसदहरू उठेर बैठक अबरुद्ध पारेका हुन ।

बाहिरी जिल्लाका वासिन्दालाई काठमाण्डौं प्रवेशमा रोकलगाएको, संघिय सरकारलाई प्रदेश सरकारले आफ्ना भनाई राख्न नसकेकोे लगायतका विषय उठाउँदै कांग्रेसले प्रदेशसभा बैठक अबरुद्ध पारेको हो ।

प्रदेशसभाको बैठक सुरू भए लगत्तै प्रतिपक्षी सांसदहरूले उठेर बिरोध जनाएपछि आफ्ना धारणा राख्न सभामुख प्रदिपकुमार भण्डारीले प्रतिपक्षदललाई समय दिनुभएको थियो । प्रतिपक्षदलका तर्फबाट प्रमुख सचेतक केदार कार्कीले सदनमा माग प्रस्तुत गर्नुभएको थियो ।

काठमाण्डौं जानेहरूलाई नाकाबाटै फर्काइएको, काठमाण्डौंले हेप्दा पनि प्रदेश सरकारले संघीय सरकार विरुद्ध आवाज उठाउन नसकेको, पीसीआर टेष्टमा गरिएको खर्च पनि प्रदेश सरकारले सार्वजनिक नगरेको कार्कीले बताउनुभयो ।

कार्कीले आफुहरूले उठाएका माग बारे मुख्यमन्त्रीले सदनमा स्पष्ट नपारेसम्म सदन चल्न नदिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button