Tune to BFM 91.2|Biratnagar

प्रतिबन्धित औषधिसहित दुई युवा पक्राउ

विराटनगर, १५ वैशाख । मोरङको उर्लाबारीबाट प्रहरीले प्रतिबन्धित औषधिसहित दुई जना युवालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–४ आइतबारेका २१ वर्षीय सागर तामाङ र दिपेश राजवंशीलाई हिजोसाँझ ७ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनु भयो ।

दुवै जना आइतबारेबाटै पक्राउ परेका हुन् । डीएसपी राईले पक्राउ परेकाहरुको साथबाट ट्रामाडोल र डिकोलिक एक÷एक सय गरेर दुई सय चक्की बरामद भएको बताउनु भयो । बरामद भएका दुवै प्रकारका औषधि प्रयोग गर्न नेपालमा प्रतिबन्ध लगाइएको छ । पक्राउ परेका दुवै जनालाई कारबाही अघि बढाउन प्रहरीले औषधि व्यवस्था विभागमा बुझाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button