Tune to BFM 91.2|Biratnagar

प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

विराटनगर, १ भदौ । मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित सुन्दरी चोकबाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले मिक्लाजुङ–४ का २१ वर्षीय विदुर राई र उर्लाबारी नगरपालिका–३ का २२ वर्षीय विक्रान्त अधिकारीलाई हिजोसाँझ पक्राउ गरेको हो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पक्राउ परेकाहरुको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल दुई हजार आठसय ८२ ट्याब्लेट र स्पासपेन दुई हजार नौ सय २० ट्याब्लेट बरामद भएको छ । दुवै जनाविरुद्ध कानुनी कारबाही अघि बढाउन अनुसन्धान थालिएको राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button