Tune to BFM 91.2|Biratnagar

प्रतिबन्धित विदेशी मुद्रासहित विराटनगरबाट दुई जना भारतीय पक्राउ

विराटनगर, ९ साउन । प्रतिबन्धित विदेशी मुद्रासहित प्रहरीले विराटनगरबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश लखनउका ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दीपसिंह रोय रहेका छन् ।

भारतबाट नेपालतिर आउँदै गर्दा उनीहरुलाई हिजो दिउँसो १ बजेतिर विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रहरीले पक्राउ गरेको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पक्राउ परेकाहरुको साथबाट अवैध भारतीय रूपैयाँ र अमेरिकी डलर बरामद भएको छ । उनीहरुबाट दुई लाख आठ हजार पाँच सय भारतीय रुपैयाँ बरामद भएको छ । राईका अनुसार पाँच सय दरका चार सय १७ थान भारतीय नोट बरामद भएको हो । पक्राउ परेकाको साथबाट दुई हजार दुई सय १४ डलर अमेरिकन डलर पनि फेला परेको उहाँले बताउनु भयो । नेपालमा पाँच सय दरमाथिको भारतीय नोट बोक्न प्रतिबन्ध लगाइएको छ ।

अमेरिकी डलर पनि प्रयोजन खुलाएर सीमित मात्रै बोक्न पाइने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाइएको जानकारी एसपी राईले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button