प्रतिभा देखाउन व्यस्त एसईईका सुन्दरी

0
190

विराटनगर, २३ जेठ । ‘मिस एसईई मोरङ २०१९’ को फाइनलमा पुगेका प्रतिस्पर्धी सुन्दरीहरु यतिबेला आफ्ना प्रतिभा देखाउन व्यस्त छन् । फाइनल राउण्डमा पुगेका १२ जना प्रतिस्पर्धीले विराटनगरमा आज भएको ‘मिस ट्यालेन्ड’ मा आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाए । ट्यालेन्ट राउण्डमा नृत्य, गायन, कविता, चुड्किलालगायत पनि प्रस्तुत गरे । यही जेठ ३१ गते विराटनगरमा हुने फाइनलमा नीतु श्रेष्ठ, कृतिका पौडेल, भारती राजवंशी, अदिती मण्डल, दीक्षा गुप्ता, अन्शु लामा, सिम्पल कोइराला, जेनिशा आले, प्रशान्ती चापागाई, सुस्मीता लामा, आरुषी कर्ण र रिया मिश्र पुगेका छन् । यस वर्षको एसईई परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको इभेन्ट सञ्चालक अर्जुन श्रेष्ठले बताउनु भयो । ‘सीप र संस्कार सहितको सौन्दर्य’ मुल नाराका साथ हुन लागेको प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँका साथै ज्योति लाइफ इन्स्योरेन्सबाट ५ लाख मूल्य बरावरको जीवन बिमा गरिने ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टका इभेन्ट सञ्चालक सुशील घिमिरेले बताउनु भयो । प्रतियोगिताको फस्ट रनरअपको २० हजार र ४ लाख ५० हजारको जीवन बिमा र सेकेण्ड रनरअपको १५ हजारसहित ३ लाखको जीवन बिमा हुनेछ । प्रतियोगिताको विजेता, फस्ट रनरअप र सेकेण्ड रनरअप हुनेलाई विराटनगरको शिक्षादीप कलेजले छात्रवृत्ति प्रदान गरिनेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here