Tune to BFM 91.2|Biratnagar

प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता गर्ने

विराटनगर १२ फाल्गुन । मोरङ बडी बिल्डिङ एण्ड फिटनेस एशोशियशन ले प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता गर्ने भएको छ । आगामी फागुन २४ गते शनिबार प्रतियोगिता गर्ने आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

नशा रोगिको समस्यालाई शारीरिक सुगठनका माध्यम बाट केहि हदसम्म निको पारेको मोरङ बडि बिल्डिङ एण्ड फिटनेस एशोशियशनका अध्यक्ष अमलेश कर्णले बताउनुभयो । प्रतियोगितामा ६०,६५,७०,७५ र ८० केजि देखि माथिका तौल समुहका खेलाडीहरुलाइ सहभागी गराइने कर्णले बताउनुभयो ।

विराटनगर ६ शिवमन्दिर पछाडी रहेको शिवशक्ति जिम क्लबमा आयोजना हुने प्रतियोगीतामा जित्ने खेलाडी हरुले मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव नवीनबिक्रम शाहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button