Tune to BFM 91.2|Biratnagar

प्रदेशका मन्त्रीहरु कमिसनको सेटिङमा लाग्दा सरकारप्रतिको विश्वास घट्यो: प्रमुख सचेतक कार्की

विराटनगर ६ असार । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारका सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाउनु भएको छ । आज नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करहरुको घेराबन्दीबाट बाहिर निस्कनै नसकेको लगाउनु भएको हो ।

उहाले भन्नुभयो ,“घेराबन्दीमा भित्ररहेर विकास निर्माण, कोभिड नियन्त्रण स्वास्थ्य सामग्री र औषधि खरिदमा ठूलो अनियमितता भएको छ । खोपको समानुपाति वितरण हुन सकेको छैन कात्रो किन्न समेत सेटिङ मिलाएर कमिसनको चक्करमा लागेको देखिन्छ ।” उहाले प्रदेश एक आर्थिक, सामाजिक, भौगोलिक, पर्यटकीय, धार्मिक, जातीय तथा भाषिक हिसावले देशकै एक नम्बरमा आउने सम्भावना बोकेको भएपनि सरकारको कार्यशैलीले संभावना कमजोर भएको सुनाउनुभयो ।

सरकारमा रहेको दलभित्र एक समूहले अर्कोलाई पाखा लगाएर चलखेलमा विकाससंग सम्बन्धित ठेक्कापट्टा दिने गरिएको बताउँदै भन्नुभयो“मुख्यमन्त्री जनताको सेवक भन्दा पनि शासक बन्न थालेकाले धेरै कार्यक्रम मुख्यमन्त्रीका नाममा ल्याइएको छ । आफू निकटका कार्यकर्ताको भरपोषणमा केन्द्रीत हुने गरी आएका कार्यक्रमले जनताको जनजीविकामा फरक परेको छैन ।” उहाले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत भैंसीलाई एकमुठ्ठी चामल दिएर अघाउन लगाएको जस्तो भएको भन्दै टिप्पणी गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button