प्रदेशको नाम र राजधानी केहीदिन भित्रैमा : मुख्यमन्त्री राई

0
142

विराटनगर, २५ चैत । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी केहीदिन भित्रैमा तोकीने बताउनु भएको छ । नाम र राजधानी तोक्ने विषयमा छलफल भईरहेकाले केही दिन भित्रमा प्रदेशले नाम र स्थायी राजधानी पाउने उहाँको भनाई छ । प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजना गरेको कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो । प्रदेशको नाम र राजधानी भएपछि प्रदेश सरकारले विकासको थालनी गर्ने उहाँले बताउनुभयो । प्रदेश सरकारी योजना बैंक स्थापनाको तयारीमा रहेको र संघिय सरकारबाट स्वीकृति पनि लिईसकीएको उहाँले बताउनुभयो । प्रदेश सरकारले योजना बैंकको स्थापना पछि लगानी सम्मेलनको तयारी गरेको मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेश सरकार तीव्र गतिमा अन्धाधुन्ध रुपमा नहिँडेको पनि उहाँले बताउनुभयो । पुरस्कार वितरण कार्यक्रममा नेकपा केन्द्रिय सदस्य विनोद ढकाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष लीलाराज भट्टराई, पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल, प्रेस युनियनका उपाध्यक्ष लीलाबल्लभ घिमिरे लगायतले कृष्णप्रसाद सिग्देलका व्यक्तित्वबारे स्मरण गर्नु भएको थियो । कार्यक्रममा विराटनगरका पत्रकार सुमन सुस्केरालाई कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । सुस्केरालाई नगद ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here