प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
विराटनगर ६ चैत । प्रदेश नं. १ को प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आजको प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अनिश्चितकालका लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो ।
यसअघि आजै बिहान बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वव्यापी रुपमा फैलिररहेको भाइरसको कारण प्रदेशसभाको बैठक बसिरहन उपयुक्त नहुने सहमति भएको थियो ।
कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि संघीय सरकारले समेत भेला, बैठक नगर्न निर्णय गरिसकेको छ ।