Tune to BFM 91.2|Biratnagar

प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

विराटनगर ५ वैशाख । प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन अन्त्य गरिएको छ । गत माघ ७ गतेबाट सुरू भएको अधिवेशन आज मध्यरातिदेखि अन्त्य गरिएको हो। मन्त्रिपरिषद्का आज बिहान बसेको बैठकले अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष सिफारिस गरेको थियो।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले अधिवेशन अन्त्य भएको विज्ञप्तिमार्फत जनाउनु भएको छ ।संसदको आठौं बैठक अहिले केहीबेरमा सुरु हुँदैछ। आजको बैठक पनि अवरुद्ध गर्ने विपक्षी दलले बताइसकेका छन ।चालु आर्थिक वर्षमा लागि विनियोजित निर्वाचन क्षेत्र विकासको कार्यक्रमको बजेट सरकारले कटौती गरेपछि विपक्षी दलले चैत २६ देखि बैठक अवरुद्ध गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button