Tune to BFM 91.2|Biratnagar

प्रदेशसभा बैठक आज पनि स्थगित

विराटनगर, २७ माघ । प्रदेश १ को प्रदेशसभा बैठक आज पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले बैठक सुरु भएलगत्तै उठेर बिरोध गरेपछि प्रदेशसभाको आजको बैठक स्थगित भएको हो ।

प्रदेशससभाको बैठक सुरु भएलगत्तै उठेर बिरोध गरेका कांग्रेसका सांसदहरूलाई सभामुख प्रदिपकुमार भण्डारीले बस्न पटक पटक आग्रह गर्नुभएको थियो । भण्डारीले ललिता निवास प्रकरण प्रदेशसभाबाट समाधान हुने विषय नभएको र अदालतमा विचाराधिन मुद्धा पनि भएकाले वस्न आग्रह गर्नुभएको थियो । सभामुखको आग्रह विपरित प्रतिपक्ष सांसदहरू निरन्तर उठेर बिरोध गरिरहेपछि सभामुख भण्डारीले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराउनुभयो ।

बालुवाटारस्थित ललिता निवास प्रकरणमा राजनीतिक प्रतिशोध साध्ने गरी नियोजित रुपमा आफना पार्टीका नेता विजयकुमार गच्छदारलाई मुद्धा चलाईएको भन्दै कांग्रेसले विरोध जनाउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button