Tune to BFM 91.2|Biratnagar

प्रदेशसभा विघठनको पक्षमा जाँदैनौं : मन्त्री कार्की

विराटनगर, १५ पुस । प्रदेश १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेशसभा विघठनको पक्षमा नजाने बताउनु भएको छ । उहाँले मुख्यमन्त्रीले प्रदेशसभा विघठन गर्न सक्ने अवस्था भएपनि विघठनका पक्षमा प्रदेश सरकार नजाने बताउनु भएको हो । प्रदेशसभाबाटै अविश्वास प्रस्तावको सामाना गर्नेगरि माघ ७ गते प्रदेशसभाको बैठक आह्वान गरिएको मन्त्री कार्कीले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहनुभएका उहाँले विराटनगरमा आज पत्रकार सम्मेलन गरि प्रदेश सभा विघठन गरि प्रदेशका संरचनाहरुलाई अस्थिर नबनाईने बताउनुभयो । उहाँले मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव हतारोमा आएको बताउनुभयो । नेकपा कानुनी रुपमा विभाजित नभई मुख्यमन्त्री विरुद्धको प्रस्ताव आएको मन्त्री कार्कीको भनाई छ ।

उहाँले भन्नुभयो,‘ अविश्वास प्रस्ताव पेश गर्ने सामान्य प्रकृया पनि पुरा गरिएन ।’ नेकपा केन्द्रीय सदस्य समेत रहनु भएका कार्कीले पार्टी दुई समूहमा विभाजन हुन रहर नभएर बाध्यता भएको बताउनुभयो । वैचारिक समस्या नभएर पदीय लडाईका कारण राजनीतिक रुपमा पार्टी विभाजित हुन पुगेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हरेक महिना दुई अध्यक्षवीच सम्झौता गर्नुपर्ने अवस्था आयो ।

’ दुईपार्टी वीच घुलमिल नहुँदै विभाजनको अवस्थामा पुगेको उहाँको भनाई छ । कानुनी रुपमा पार्टी विभाजन हुन बाँकी रहेपनि अहिलेको घटनाक्रमले तत्कालै एक भईहाल्ने अवस्था पनि नभएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button