प्रदेश एकमा स्वास्थ्य बीमा कार्यक्रमका ७ लाख ४२ हजार सदस्य
बिराटनगर ५ चैत । प्रदेश एकमा नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमले २८ प्रतिशत सदस्य बनाएको छ ।
प्रदेश एकको राजधानी विराटनगरस्थित प्रदेश शाखा कार्यालयका संयोजक महेश पोखरेलका अनुसार हालसम्म प्रदेशमा ७ लाख ४२ हजार जना स्वास्थ्य बीमा कार्यक्रमको सदस्य भएको बताउनुभयो ।
प्रदेश संयोजक पोखरेलका अनुसार मुलुकभर कार्यक्रमको सदस्यताका लागि सर्वसाधारणमा उत्साह रहेको छ । प्रदेश एकका ९ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भइसकेको उहाँको भनाइ छ ।
सोही क्रममा मंगलबार प्रदेशको कान्छो तथा १० औं जिल्लाको रुपमा तेह्रथुममा कार्यक्रम अघि बढाइएको पोखरेलले जानकारी दिनुभयो ।
धनकुटा जिल्लामा केही दिनमा कार्यक्रम सुरु हुने बतउनु भएका पोखरेलले विस्तारै उदयपुर, पाँचथर र ताप्लेजुङमा कार्यक्रमले स्थान पाउने बताउनु भयो ।
त्यसैगरि २०७३ साल असारदेखि इलाम जिल्लाबाट सुरु भएको बीमा कार्यक्रम हाल, मोरङ, झापा, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, खोटाङ, संखुवासभामा सञ्चालनमा रहेको छ ।