Tune to BFM 91.2|Biratnagar

प्रदेश कोषमा सभामुख र उपसभामुखको एक महिनाको तलब

विराटनगर, १२ चैत । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि खडा गरेको कोषमा प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषण गर्नुभएको छ ।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार सभामुख भण्डारी र उपसभामुख पोखरेलले हिजो खडा भएको सो कोषमा राख्न एक महिनाको तलब दिने निर्णय गर्नुभएको हो ।

हिजो मात्रै प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ ।कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरिएको मुख्यमन्त्री शेरधन राईले बताउनु भएको छ ।

यस अघि सो कोषमा प्रदेश प्रमुख , मुख्यमन्त्री सहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक पनि जम्मा गर्ने निर्णय गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button