Tune to BFM 91.2|Biratnagar

प्रदेश नंं. १ का विभिन्न अस्पतालमा शंखास्पद १५ जनाको नमूना संकलन

विराटनगर, १७ चैत । कोराना भाईरसका शंखास्पद १५ जनाको आज नमूना संकलन गरिएको छ । प्रदेश नंं. १ का विभिन्न अस्पतालमा नमूना संकलन गरि सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षणका लागि पठाईएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो ।

धरानबाट कोरोनाको परिक्षण शुरु भएपछि रिपोर्ट आउन छिटो हुने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रदेश नं. १ बाट आज सम्म ४३ जनाको नमूना संकलन भएको छ । नमुना संकलन गरिएका मध्ये २८ जनाको रिपोर्ट आएको छ । २८ जना सवैको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता डा. मेहताले बताउनुभयो ।

उहाँका अनुसार आज सम्ममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २५, कोशी अस्पताबाट ७, उदयपुर अस्पतालबाट १, मेची अस्पतालबाट ४, संखुवासभा अस्पतालबाट १ , फिदिम अस्पतालबाट ४, सोलु अस्पतालबाट २ जनाको नमूना संकलन भएको छ । यस्तै मन्त्रालयले प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई कोरोना नियन्त्रण संवन्धि विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।

मन्त्रालयले आज सम्म पीपीई सेट ३ सय थान, आईआर थर्ममिटर १७ थान, मास्क २२ हजार २ सय थान, ग्लोब्स १८ हजार ६ सय २६ थान, ह्याण्ड सेनिटाईजर ८ सय २१ थान र पीपीई गाउन ३७ वटा वितरण गरेको प्रवक्ता डा. महेताले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button