Tune to BFM 91.2|Biratnagar

प्रदेश नंं १ मा कोरोना संक्रमितको संख्या १ सय ३० पुग्यो

विराटनगर, १५ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । पछिल्लो २४ घन्टामा १५६ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

नयाँ संक्रमण पुष्टि हुनेहरुमा दैलेखका आठ, कैलालीका दुई, दार्चुलाका एक, स्याङ्जाका तीन, नवलपुरका एक, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, मकवानपुरका एक, बर्दियाका तीन, बाँकेका एक, झापाका २५, सर्लाहीका सात, सिरहाका छ, रौतहटका २०, दोलखाका दुई, सोलुखुम्बुका एक, बझाङका एक र सुर्खेतका १३ जना छन् । योसँगै ५१ जिल्लाका एक हजार ४२ जनामा संक्रमण देखिएको छ ।

कुल संक्रमितमध्ये ९४० जना पुरुष र १०२ जना महिला हुन् । प्रदेश नंं १ मा कोरोना संक्रमितको संख्या १ सय ३० पुगेको छ । आज २५ जना नयाँ संक्रमित थपीएका छन् । आज थपीएका २५ जना झापाको कचनकवल गाउँपालिकाका रहेका छन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमित पुरुषहरु १५ देखि ४२ वर्षका रहेका छन् । कचनकवलमा मात्र कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । झापामा मात्र संक्रमितको संख्या ७९ पुगेको छ । उदयपुरमा ३३, धनकुटामा ७, मोरंगमा ५, सुनसरीमा ३, सोलुखुम्वु, भोजपुर र खोटाङका १÷१ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ का संक्रमित मध्ये ३० जना उपचार पछि निको भएका छन् । कोरोना संक्रमित १ सय जना अहिले उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button