प्रदेश नंं. १ मा १ हजार ७ सय बढीको स्वाव संकलन
विराटनगर, २४ वैशाख । प्रदेश नंं. १ मा कोरोना भाईरस कोभिड १९ का शंकास्पद १ हजार ७ सय बढीको स्वाव संकलन गरिएको छ । आज साँझ सम्म १ हजार ७ सय ३२ जनाको स्वाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
आज ८ महिला र १८ पुरुष गरि २५ जनाको नमूना संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ४ सय १९ महिला र १ हजार २ सय ७६ पुरुष गरि १ हजार ६ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश १ मा आरडिटी विधिबाट ६ हजार ५ सय ५९ जनाको परीक्षण गरिएको छ । आरडिटी परीक्षण गरिएका मध्ये १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडिटी गरिएका १ हजार ६ सय ६४ महिला र ५ हजार ३ सय ७८ पुरुष गरि ६ हजार ५ सय ४२ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश १ सरकारले आज सम्म ५ हजार ९ सय ९८ वेडको क्वारेन्टाईन निर्माण गरेको छ । आज मात्र ८५ वेड थप गरिएको छ । आईसोलेसनमा बस्नेको संख्या ४४ पुगेको छ । आईसोलेसनमा रहेका ६ जना पुरुष आज डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा होमक्वारेन्टाईनमा बस्नेको संख्या ७ हजार ५ सय ४५ पुगेको छ । होमक्वारेन्टाईनमा १ हजार ४ सय ८७ महिला र ६ हजार ५८ पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।