Tune to BFM 91.2|Biratnagar

प्रदेश नं १ का उद्योग वाणिज्य संघहरुलाई स्वास्थ्य सामाग्री

विराटनगर, १२ साउन । उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले प्रदेश नं १ का सबै जिल्ला/नगर उद्योग वाणिज्य संघहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

उद्योग संगठन र मोरंग व्यापार संघले २ हजार थान मास्क, २४ वोतल स्यानीटाइजर र ५ लिटरको १ जार स्यानीटाईजर उपलब्ध गराएको जनाएको छ ।

स्वास्थ्य सामाग्री वितरण गर्दै उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले लकडाउनका कारण अर्थतन्त्रका मेरुदण्डका रुपमा रहेका उद्योग व्यवसाय क्षेत्र नराम्रोसंग प्रभावित भएकोले सरकारले निर्दिष्ट गरेको सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने, सावुन पानीले हात धुने तथा स्यानीटाइजरको नियमित प्रयोग गर्ने जस्ता उपायहरु अवलम्वन गर्दै यसको संक्रमणबाट वच्नु पर्ने वताउनु भयो ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले पछिल्लो समयमा संक्रमण वढ्न सक्ने उच्च जोखिमलाई दृष्टिगत गर्दै दुवै संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश नं १ भरिका सबै जिल्ला/नगर उद्योग वाणिज्य संघहरुलाई कोभिड १९ को संक्रमणबाट बच्न प्रयोग गरिने स्वास्थ्य सामाग्रीहरु माक्स तथा स्यानीटाइजर सहयोग गरेको वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button