प्रदेश नं १ का सांसदहरुको स्वाब संकलन शुरु
विराटनगर , ९ जेठ । प्रदेश नं १ सभाका संसादहरुले कोरोना भाइरस संक्रमण परीक्षणकालागि स्वाब संकलन गराउन थालेका छन ।
प्रदेश सभा सचिवालयको आग्रहमा प्रदेश नं १ समाजिक बिकास मन्त्रालय मातहतका प्राबिधिकहरुबाट आज देखी प्रदेश सांसदहरुले कोरोना परीक्षण गराउन थ्रोट स्वाब संकलन गराउन थालेका हुन ।
शुआज र भोली दुई दिन प्रदेश सभाका सभामुख, उपसभामुख , सबै सांसदहरु , कर्मचारी , सुरक्षाकर्मी , पत्रकार र चालकहरुको कोरोना परीक्षणकालागि स्वाब संकलन गरिने प्रदेश सभा सचिवालयका प्रबक्त्ता राजाराम दाहालले जानकारी दिनुभयो ।
प्रबक्त्ता दाहालका अनुसार १४ जेठ दिउँसो २ बजेदेखी प्रदेश नं १ सभाको बजेट अधिबेशन आरम्भ हुनेछ ।