प्रदेश नं १ पत्रकार महासंघको भवन सिलान्यास

0
132

बिराटनगर ३० चैत ।नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको भवनको आज शिलान्यास गरिएको छ । विराटनगर नगरपालिका–४ स्थित गणेश मन्दिर पश्चिमतर्फ एक कठ्ठा जमिनमा ११ कोठा, एक सभा हल र एक बैठक कक्ष गरी एक हजार ८०० वर्ग फिटमा भवनको निर्माण हुने बताईएको छ ।भवन निर्माणका लागि प्रदेश नं १ सरकारले ४० लाख रुपैयाँ तथा महानगरपालिकाले जग्गा उपलब्ध गराएको हो। आगामी आर्थिक वर्षसम्ममा भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश भवन निर्माणको शिलान्यास गर्दै महासंघको भवन सबैको साझा सम्पत्ति हुनुका साथै यस क्षेत्रको विकासबाट समाज बलियो हुने धारणा व्यक्त गर्नुभयो ।महासंघका प्रदेश सभापति विक्रम लुईंटेलले निर्माण हुने भवनको हल यस क्षेत्रका सामाजिक सङ्घसंस्थालाई निःशुल्क प्रयोग गर्न दिने बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here