Tune to BFM 91.2|Biratnagar

प्रदेश नं. १ मा पिसिआर र आरडिटी विधिबाट २ हजार ६ सयको परीक्षण

विराटनगर, ७ वैशाख । प्रदेश नं. १ मा पिसिआर र आरडिटी विधिबाट २ हजार ६ सयको परीक्षण गरिएको छ । आज साँझ सम्म दुवै विधिबाट २ हजार ६ सय ६८ जनाको परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा आज सम्म ३ सय १५ पुरुष र ७२ महिला सहित शंकास्पद ३ सय ८७ जनाको नमूना संकलन गरिएको छ । नमूना संकलन गरिएका मध्ये १३ जना पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । उनीहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भईरहेको छ । २ सय ९८ जना पुरुष र ६३ महिला सहित ३ सय ६१ जनाको रिपोर्ट नेगेभिट आएको छ । १३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

आरडिटी विधिबाट १ हजार ९ सय ७५ पुरुष र ३ सय ६ जना महिला सहित २ हजार २ सय ८१ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ महिला र ३ पुरुष गरि ४ जनाको एण्टीवडी पोजेटिभ आएको छ । ३ सय ५ महिला र १ हजार ९ सय ७२ पुरुष गरि २ हजार २ सय ७७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश नं. १ मा आज सम्म ४ हजार ४ सय ५९ वटा क्वारेन्टाईन वेड निर्माण गरिएको छ । प्रदेश १ मा आज ९ वटा वेड थपिएका छन् । आज सम्म ७८ महिला र ५ सय ९८ पुरुष गरि ६ सय ७६ जना क्वारेन्टाईनमा वसेका छन् । १ महिला र २ पुरुष गरि ३ जना आज डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज सम्म होमक्वारेन्टाईनमा वस्नेको संख्या ४ हजार २ सय २३ पुगेको छ ।

होम क्वारेन्टाईनमा ७ सय ४ महिला र ३ हजार ५ सय १९ जना बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आईसोलेसनमा ६ महिला र १७ जना पुरुष सहित २३ जना भर्ना भएका छन् ।

प्रदेश नं. १ मा ४ सय ४९ वटा आईसोलेसन वेड तयार गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आज सम्म ७ सय ४ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button